काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको पुनित अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।
बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो ।
काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।
सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८:०० बजेदेखि संचालन हुने छ ।
सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा यात्रुहरुलाई सहजता होस भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालसँग रहेका २ वटा बसहरु संचालनमा ल्याइने छ ।