महोत्तरी,
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित विषनपुरबाट असोज १४ गते एपीएफ टोलीले करीव एक लाख ९८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३२ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ ।