सुनसरी,
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ
टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्बेदिक
औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
वरिन्स वयदग्रास ५५ वटा, वरिन्स आसपरोसेग्रास १ सय ६३ वटा र ६ वटा
वरिकेयर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेजगञ्जबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद आयुर्बेदिक औषधी एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।