काठमाडौं,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० स्थित आदर्शनगर ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुटको कपडा र कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टालीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले असोज ८ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सखुवाबाट बरामद गरेको हो ।