एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं,
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ४ स्थित न्यरोडबाट एपीएफ टोलीले असोज १ गते करीव तीन लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले असोज १ गते करिव एक लाख ७९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोटर पाटर््स एपीएफ टोलीले पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।