बाँके,
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र २९ गते एपीएफ टोलीले करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।