सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मलहनियाबाट भाद्र २८ गते एपीएफ टोली तथा स्थानी प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर बताउने ४७ वर्षिय दयाशंकर साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानी प्रहरीले पक्राउ गरेको हो ।
को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार निज साहले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लीगेसिल ३० वटा, डाईजाल्याव ३० वटा र फेनारगन ३० वटा फेला पारेपछि उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।