पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दा गाउँपालिका ३ स्थित बेलासपुरबाट
भाद्र १ गते एपीएफ टोलीले करीव तीन लाख ११ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको छ ।
बरामद औषधी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।