पर्सा, 
    पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट असार २२ गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाँडावर्तन, किराना सामान तथा ईलेक्ट्रोनिक सामान बरामद गरेको हो । 
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

APF