काठमाण्डौ
    काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका ८ पशुपति कैलाश डाँडाबाट जेठ ९ गते राति एपीएफ टोलीले करीब दुई के.जी.गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको बस्तीपुर घर भई हाल काठमाडौंको धापसी बस्ने २० वर्षीय आयुष घिमिरे छन । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा बेश पशुपतिबाट खटिएको एपीएफ टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले निज घिमिरेलाई बरामद गाँजा सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

APF