काठमाडौं,
पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको मरिच तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, भाडावर्तन र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले चैत्र ४ गते करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेची नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।