कञ्चनपुर,
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित ऐठपुर ईलाकाबाट फागुन २६ गते एपीएफ टोलीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।