दाङ्ग
दाङ्ग जिल्लाको राप्ती गाउँपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गको मसुरिया भन्ने स्थानमा फागुन २० गते कार दुर्घटनामा परी घाईते भएकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बा २ ज १५८२ नम्बरको कार गति अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त कारमा सवार तीन जना घाईते भएका थिए ।
उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक राधेकुमार बोम्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।
एपीएफ टोलीले घाईतेहरुलाई उपचारार्थ शारा अस्पताल लमहीतर्फ पठाएको छ ।