झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित देवी बस्तीबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
APF