अर्घाखाँची,
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते विहान भएको बस दुर्घटनामा परी घाईते भएका ९ जनाको एपीएफ टोलीले उद्वार गरेको छ ।
गुल्मी जिल्लाको आर्खाबाङ्गबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ७३६६ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई सडकमा पल्टदा बसमा सवार ९ जना यात्रुहरु सामान्य घाईते भएका थिए ।
उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गुल्म हेक्वा अर्घाखाँची बाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश कोईरालाको कमाण्डमा एपीएफ टोली खटिइगई उद्वार कार्यमा जुटेको थियो ।
एपीएफ टोलीले दुर्घटनाका घाईतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको छ ।