झापा,
    झापा जिल्लाको भद्रपुर नगरपालिका ८ स्थित बंशल बगानबाट माघ २० गते एपीएफ टोलीले करीव २ लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको  एपीएफ टोलीले बरामद गेरेको हो ।
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

APF