झापा,
झापा जिल्लाको मेची नगरपालिका ७ स्थित जोरसिमलबाट माघ २० गते एपीएफ टोलीले करीव ३ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अन्य केही सामान सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विद्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।