सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट माघ १३ गते एपीएफ टोलीले करीब ४ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा सुनसरी नम्बर ४ गणबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भन्सार छली अवैध रुपले नेपालतर्फ ठेलामा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको पाँच पोका लत्ताकपडा बरामद गरिएको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।