नवलपरासी, नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ६ स्थित पडरी भन्ने स्थानबाट माघ १ गते एपीएफ टोली तथा भन्सारका कार्यालयका कर्मचारीले करीव ७ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ९२ वटा लौकाट बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको उक्त लौकाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । बरामद लौकाट एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीको रोहवरमा खाल्डो खनी नष्ट गरिएको छ ।